adv

काँग्रेस उत्पीडित जनाको मुक्ति, पहिचान र अधिकारको विरुद्धमा

२९ जेठ, जनकपुरधाम ।


जनता समाजवादी पार्टी नेपालले आफ्नो एकाताको पहिलो महाधिवेशन सम्पन्न गर्दैगर्दा विभिन्न राजनीतिक दलहरु बारेको दृष्टिकोण सार्वजनिक गरेको छ ।

जारी महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपा नेपालले बुँदा ६ मा राजनीतिक शक्तिहरुको विश्लेषण गरेको हो ।

‘नागरिकको समर्थन र झुकाव जुन दलतिर ढल्किन्छ, सोही बमोजिम सामाजिक, राजनीतिक तथा आर्थिक प्रणाली स्थापित हुँदै जाने सम्भावना रहन्छ’, प्रतिवेदनमा उल्लेख छ ।

जसपा नेपालले काँग्रेसलाई सहभागितामूलक समावेशी समानुपातिक लोकतन्त्रको विरुद्धमा उभिने शक्तिका रूपमा व्यख्या गरेको छ ।

दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ सालयता काँग्रेसका व्यवहार र एजेण्डा समावादी नरहेको जसपा नेपालको निष्कर्ष छ ।

काँग्रेस उत्पीडित जनताको पहिचान, मुक्ति र अधिकारको विपक्षमा रहेको ठहर जसपा नेपालको छ । सङ्घीताको सही मोडल पहिचानमा आधारित स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा उसकै हात रहेको जसपा नेपालले ठहर गरेको छ ।

काँग्रेसले उदार लोकतान्त्रिक धारको नेतृत्व गरेको जसपा नेपालको प्रतिवेदनमा उल्लेख छ । काँग्रेसको शासन कालमा लाउडा, धमिजा, सुडान घोटाला जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरु भए पनि विश्वसनीय छानबिन नगरिएको भन्दै जसपा नेपालले उसलाई प्रुमख प्रतिपक्षी दलको भूमिका निभाउन असक्षम भनेको छ ।

‘आज काँग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ’, प्रतिवेदनमा भनिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु