adv

प्रचण्डले जसपा नेपाल विभाज गरायो : जसपा नेपाल

२९ जेठ, जनकपुरधाम ।

जनता समाजवादी पार्टी नेपालले हालैको पार्टी विभाजनमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हात रहेको जनाएकोछ ।

जसपा नेपालको जारी एकताको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टी फुटाउने कार्यमा प्रधानमन्त्री दाहालको हात रहेको जनाएको हो ।

प्रतिवेदनको बुँदा १६ मा सरकारमा पार्टीको सहभागिता बारे लामो ब्याख्या गर्दै जसपा नेपालले सडक, संसद् र सरकार तीनवटै मोर्चाबाट पार्टीले सङ्घर्षलाई निरन्तर जारी राख्ने उल्लेख छ ।

पार्टीले गठबन्धन सरकार छाड्नुमा प्रधानमन्त्री प्रचण्डको समीकरण बदलिरहने प्रवृत्ति नै जिम्मेवार रहेको धुमाउरो आरोप लगाएको छ ।

गठबन्धन सरकारले सुशासन कायम गर्न नसकेको, संविधानको रक्षा र आवश्यक परिमार्जन गर्न नसकेको साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम आदि समुदायको समावेशीकरणमा ध्यान नदिएको प्रतिवेदनमा जनाइएको छ ।

‘हाम्रो पार्टीले गठबन्धनमार्फत सरकारलाई अझ बढी प्रभावकारी बनाउन सङ्घीयता कार्यान्वयन, संविधान संशोधन, निर्वाचन क्षेत्र निर्धारण, विकास र सुशासनलगायतका विषयहरु समेटेर ५३ बुँदै सुझाव पनि दिएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु