adv

जसपा नेपालको नेतृत्व चयनका लागि आज निर्वाचन, अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत

३१ जेठ, जनकपुरधाम ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन बन्दशत्रपछि आज बिहीबार मतदान हुँदैछ । अध्यक्षमा बाहेका सबै पदाधिकारी र सदस्य पदहरुमा निर्वाचन हुन लागेको हो । मध्यान्ह १२ बजेबाट मतदानको कार्यक्रम तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

एकताको पहिलो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि बुधबार नै अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध चयन भएसँगै अब सह–अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र सदस्य पदहरुमा निर्वाचन हुन लागेको हो ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । रकम चेम्जोङ, लालबाबु राउत र राजकिशोर यादवले सह–अध्यक्षका लागि मनोनयन गरेका हुन् ।

महाधिवेशनको बन्दसत्रले विधान संशोधन गरेसँगै अब हुने पाँच उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । दुई महासचिवका लागि छ जनाले मनोनयन गरेका छन् ।

महासचिवका लागि मनिषकुमार सुमन, बोमबहादुर दर्लामी मगर, दीपक कार्की, रामकुमार शर्मा, विजय कुमार र अशोककुमार यादवको उम्मेदवारी छ ।

त्यस्तै उप–महासचिवमा खुलातर्फ राजकुमार राई, जयराम यादव,डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, योगेन्द्र राय यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल र डा. जयप्रकाश राय यादवले उम्मेदवारी दिएका छन् ।

उप–महासचिव महिलातर्फ निर्मला यादव, सीताकुमारी यादव, विनिताकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा बलराम महतो, सञ्जयकुमार यादव र रेणुकुमारी यादवको उम्मेदवारी परेको छ ।

सामाजिक क्लष्टरमा विभिन्न समुदायबाट ५ जना निर्वाचित हुने र थप दुई महिला निर्वाचिन हुने सचिव पदका लागि ३४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले बुधबार राति जारी गरेको सूचनाअनुसार राति ९ः१५ बजेदेखि १० बजेसम्मलाई मनोनयनपत्रमाथि दावी विरोधको समय तोकेको थियो, तर कुनै दावी विरोध परेन ।

बिहीबार बिहान ८ बजेदेखि ९ः३० बजेसम्म मनोनयन पत्र फिर्ता लिने समय तय गरिएको छ भने बिहान ९ः४५ बजे मनोनयनको अन्तिम नामावली प्रकाशन हुनेछ ।

बिहीबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म मतादान कार्यक्रम हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु