adv

तीन दिने मोबाइल जर्नालिजम तालिम सकियो

९ असार, दमक । तीन दिने मोबाइल जर्नालिजम तालिम झापाको दमकमा सम्पन्न भएको छ ।

पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम (आज) आइतबार सकिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रवक्ता एवम् दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ले मोबाइल जर्नालिजम समय, युग, प्रविधि, उपयोगिता सबै हिसाबले प्रभावकारी तालिम भएको बताए । ‘तालिम सम्पन्न गर्न माङसेबुङ गाउँपालिकाले लगानी गरेको छ । राज्यको तर्फबाट तपाईंमाथि केही न केही लगानी भएको छ । त्यसैले तपाईंले तालिममा सिकेका कुरा दैनिक जीवनमा उपयोग गर्न सक्नुहोला’, प्रवक्ता दाहालले भने ।

तीन दिने तालिममा माङसेबुङका विभिन्न वडाबाट १७ सहित ३० जना सहभागी थिए ।

सहभागीतर्फबाट प्रीति मगर र कमल कटुवालले तीन दिने तालिममा मोबाइलमार्फत समाचार लेखन, आवाज र दृश्य रेकर्डिङ, सम्पादन कला सिक्न पाएको भन्दै यसले आफूहरुको दैनिक जीवनमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए । उनीहरु दुवै जनाले तालिमको लागि सहयोग गर्ने माङसेबुङ गाउँपालिका र आयोजक पत्रकार मञ्च दमकलाई धन्यवाद दिएका थिए ।


पत्रकार मञ्च दमकको सभाहलमा आयोजित तालिममा सहजकर्ताहरु भीषण राई, कमन देवान, बिष्णु पोखरेल र चिरञ्जीवी घिमिरेले सहजीकरण गरेका थिए । तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका थिए भने पालिका उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ, होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन दङ्गाल, मञ्चका पूर्व अध्यक्षद्वय बिष्णु पोखरेल र मनकुमार गदालको सहभागिता थियो ।


समापन कार्यक्रममा सहजकर्ताहरुलाई धन्यवाद पत्रले सम्मान गरिएको थियो भने प्रमुख अतिथि दाहालसहित लिम्बू मातृभाषा पत्रकारितामा दुई दशक बढी समयदेखि कृयाशील सेसेमी सेरेङ नाल्बोलाई मायाको चिनो प्रदान गरिएको थियो । मञ्चका सचिव उमानाथ भण्डारीको सञ्चालन रहेको समापन कार्यक्रम मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु