adv

लिम्बू र राई बान्तावा मातृभाषी कर्मचारी थप्दै माङसेबुङ, प्रज्ञा प्रतिष्ठान स्थापना हुने

१० असार, माङसेबुङ ।

smart

माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा मातृभाषा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई जना कर्मचारी नियुक्त गर्ने भएको छ ।

आ.व. २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषा र राई बान्तावा भाषाका गरी दुई जना मातृभाषी कर्मचारी नियुक्त गर्ने बताएका हुन् ।

माङसेबुङ गाउँपालिकाले यी दुई भाषालाई पालिकाको कामकाजी भाषाका रूपमा घोषणा गरिसकेको छ ।

माङसेबुङको ५ नम्बर वडा कार्यालयमा भने २०७९ सालदेखि नै लिम्बू भाषा कर्मचारी नियुक्त भई सिरिजंगा लिपिमा आवश्यक निवेदन लिने र सो को कार्यान्वयन गर्ने कार्य हुँदै आएको छ ।

गाउँपालिकाले माङसेबुङस्तरीय प्रज्ञा प्रतिष्ठान खोल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘भाषा, संस्कार, संस्कृति, साहित्य र कलाको विकास गर्नका लागि गाउँपालिकास्तरीय ‘माङसेबुङ प्रज्ञा प्रतिष्ठान’ गठन गरिनेछ ।’

बजेटको व्यवस्था गरि प्रतिष्ठानको आयोजनामा बहुभाषिक साहित्यिक गोष्ठी तथा सम्मान कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु