सजन राई, दमक । झापाको दमकमा सञ्चालन भएको ‘बी’ डिभिजन खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धरानका सुवास लिम्बू र प्रदिप श्रेष्ठको जोडिले जितेको छ । शनिवार सम्पन्न भएको फाइनल खेलमा धरानकै प्रदिप राई र अनिल राईको जोडिलाई १५-२१, २१-१३, २१-१३ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।
पहिलो सेमिफाइनल खेलमा विजेता टिमले कमल झापाका दिवन राई र कुशल बरालको जोडिलाई १९-२१, २१-१८, २१-१९ को सेटमा हराउदै फाइनल प्रवेश गरेको थियो भने उपविजेता टिमले विर्तामोडका विष्णु तामाङ र रोहिन तामाङको जोडिलाई १८-२१, २१-१९, २५-२३ को सेटमा पाखा लगाउदै फाइनल पुगेको थियो ।
प्रतियोगिताको बिजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार र सेमिफाइनल खेलेका दुवै टिमले तेस्रो पुरस्कार बापत नगद ४ हजार सहित सबै विजेताले ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । विजेताहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि दमक नमुना ब्याडमिन्टन एकेडेमिका अध्यक्ष प्रकाश राई, अतिथिहरु कमल शाक्य, प्रदिप राई, रोशन कालिकोटे, कविध्वज राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलमा हल समितिको आयोजनामा भएको खेल असार १४ र १५ गरी दुई दिन सञ्चालन भएको थियो । ‘स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको मुख्य उदेश्य खेलाडी उत्पादन गरी राष्ट्र प्रति योगदान दिनु नै रहेको खेल संयोजक धन कुमार राईले बताए ।