adv

डि कौडिन्य पत्रकारिता पुरस्कार झुलन रेग्मी र डिकेश लामालाई प्रदान

विर्तामोड ।यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कारबाट संयुक्त रुपमा पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई प्रदान गरिएको छ ।

बिर्तामोडको साई पार्टी प्यालेसमा आज आयोजित एक कार्यक्रमका बीच रेग्मी र लामालाई नगदसहित डि कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रुपयाँ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि १ नः प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो, सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम लगायतले वितरण गरे ।

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले सो पुरस्कार स्थापना गरेको हो ।

रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् । लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर १ नः प्रदेशका सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आङबो,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष भुमिका लिम्बू फियाक,नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतम,संघिय समाजवादी झापाका अध्यक्ष शम्भुजित दाहाल,प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार,पत्रकार राजेन्द्र गौतम,लिला बराल,नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी,डी कौडिन्यकी श्रीमति यमुना आचार्य,सुमन सिंह ,विवेक गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सेन्टरका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पुष्प खड्काले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु