असोज २८, काठमाण्डौ । वीपी राजमार्गमा भोलि मंगलबारदेखि गाडिहरु चल्ने भएको छ । रुटका गाडीहरुले अनुमति लिएर चलाउन सक्ने भएको हो । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न सक्ने बनाइएको छ।
दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या छ रहेको सडक डिभिजन, भक्तपुरका डिभिजन प्रमुख सीडीई सुमन योगेशले जानकारी दिए । उनका अनुसार साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त साना सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको हो।