असोज २५, माङसेबुङ । इलामको माङसेबुङ ३ मा भएको टोलस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि सयपत्री टोल विकास संस्थाले उचालेको छ।
शुक्रवार चतुरे बजार स्थित जीवन ज्योति माध्यमिक विधालयको खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा मनिपुरटोललाई १ का विरुद्ध २ गोल गर्दै सयपत्री च्याम्पियन बनेको हो ।
पहिलो हाफको तेस्रो मिनेटमा नै हनक राईको गोलबाट अग्रता लिएको सयपत्रीले खेलको १२औं मिनेटमा सुजन राईको गोलबाट अग्रता दोब्बर बनायो ।
दोस्रो हाफको ५औं मिनेटमा मनिपुरका कप्तान मनु लिम्बूले कर्नर किक मार्फत उत्कृष्ट गोल गरेर खेलमा फर्कने सम्भावना राखे पनि बाँकी समयमा कुनै गोल हुन सकेन ।
पहिलो सेमिफाइनल खेलमा मनिपुरले चिभुवा सिम्ले टोललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने दोस्रोसेमिफाइन खेलमा सयपत्रीले सेवा सेवारो टोललाई ट्राइब्रेकरमा ४–३ गोलले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरेको थियो ।निर्धारित समयमा १–१ गोलको बराबरी सँगै नतिजा ट्राइब्रेकरमा पुगेको थियो ।
विजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे भने उपविजेताले नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्तबुझाए ।
त्यसै गरी व्यक्तिगत विधातर्फ मनिपुरका विवेकहाङ लिम्बू उत्कृष्ट खेलाडी घोषित हुदाँ आसाङहाङ लिम्बूले हाइ स्कोरको उपाधि पाए ।सयपत्रीका सुजन राईले उत्कृष्ट डिफेन्स र सुभन राईले उत्कृष्ट गोल किपरको उपाधि हात पार्दा उदियमान उदीयमान खेलाडी सयपत्रीकैहनक राई भए ।
कार्यक्रममा माङसेबुङ पालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, माङसेबुङ ३ अध्यक्ष जनम खम्बु, वडा सदस्य सुर्य कुमारराई, देउमान साम्बा लगायतको उपस्थिति रहेको थियो ।
असोज २१ गते देखि सञ्चालित प्रतियोगितामा माङसेबुङ ३ का १७ वडा टोल विकास संस्थाहरुको सहाभागिता रहेको थियो ।
साबिक इभाङ बन्यो महिला फुटबलको विजेता
शुक्रवार भएको महिला फुटबल खेलको विजेता साबिक इभाङ बनेको छ । साबिक बाझो गाविसलाई पेनाल्टि सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै इभाङले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयमा दुवै टोलिबाट कुनै पनि गोल हुन नसकेपछि नतिजानिर्धारण पेनाल्टिबाट भएको थियो ।
विजेताले नगद ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए भने उपविजेताले नगद २ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।