adv

पत्रकार महासंघको इलाम अध्यक्षमा नयाँ बुलन्दका राम योङहाङको उम्मेदवारी


मंसिर
१९, इलाम
नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा नयाँ बुलन्द डट कमका सम्पादक राम योङहाङले उम्मेद्वारी दिने भएका छन्

आउँदो २८ मंसिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् विगत १७ वर्षदेखि इलाममा व्यावसायिक पत्रकारिता गर्दै आएका योङहाङलाई प्रेस सेन्टर नेपाल प्रदेश समितिको २१औं बैठकले अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिनाले जानकारी दिए

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति इलामको सर्वसम्मत सिफारिसलाई बुधबार विराटनगरमा बसेको प्रदेश समितिको बैठकले अनुमोदन गर्दै उम्मेदवार बनाउने निर्णय गरेको हो

पत्रकार योङहाङ नेपाल पत्रकार महासंघ इलामका वर्तमान कोषाध्यक्ष हुन्

यस्तो , योङहाङको पत्रकारीता इतिहास

योङहाङको विगत १७ वर्षदेखि क्रियाशील पत्रकारिता गरेको अनुभव इलामबाट सञ्चालित इलाम एफएमबाट २०६४ देखिपत्रकारिता यात्रा सुरु गरेका योङहाङ २०७३ देखि इलामबाट सञ्चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादकका रुपमा कार्यरत छन् २०६८ देखि सौर्य राष्ट्रिय दैनिकमा इलाम संवाददाताका रुपमा कार्यरत योङहाङ २०८० देखि सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) मा जिल्ला संवाददाका रुपमा कार्यरत छन्

उनले इलाम एफएम सहित इलामबाट प्रकाशित इलाम पोष्ट दैनिक इक्ला साप्ताहिक, झापाबाट सञ्चालित नागरिक एफएम, झापाबाट प्रकाशित पूर्व सन्देश दैनिक पिपुल्स टाइम्स दैनिक, मोरङबाट प्रकाशित मोफसल साप्ताहिक काठमाडौंबाट प्रकाशित कमाण्डर पोष्ट राष्ट्रिय दैनिकमा समेत काम गरिसकेका छन्

पत्रकारहरुको पेशागत संगठनमा समेत उतिक्कै सक्रिय योङहाङ २०७४ देखि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्ष, २०७६ देखि लिम्बू पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष २०७९ देखि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यको जिम्मेवारी समेत सम्हाल्दै आएका छन्

योङहाङले दुईवटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् योङहाङले मानविकी तथा सामाजिक विज्ञान संकाय (ग्रामीण विकास) व्यवस्थापन संकाय (जनप्रशासन) मा स्नातकोत्तर गरेका छन् त्यस्तै शिक्षा संकाय कानुन संकायमा स्नातक गरेका छन्

इलामको माङसेबुङ गाउँपालिका गुरुङगाउँमा जन्मिएका योङहाङ हाल इलाम नगरपालिका फुलगाछीमा बस्दै आएका छन्

योङहाङले नेपाल पत्रकार महासंघ, श्रमजीवि पत्रकार स्वरोजगारमूलक मिडियाको पक्षमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु