मंसिर २२, दमक । पाँचथर नेन्दीबुङबाट आजभन्दा २५ बर्ष अगाडि देखि निरन्तर प्रकाशन हुँदै आएको लुङा पत्रिकाले प्रकाशनको २५ बर्ष मनाएको छ ।
झापाको दमकस्थित पत्रकार मञ्च दमकको सभाहलमा आयोजित कार्यक्रममा पत्रिकाको प्रमुख अतिथि पत्रकार मञ्चका अध्यक्ष कमन देवानले रजतबर्ष विशेषाङ्क विमोचन गर्दै लुङा पत्रिका प्रकाशनको २५ बर्ष पुरा भएको घोषणा गरिएको थियो ।
कार्यक्रममा भारत तथा भुटानका साहित्यकार लगायत नेपालका विभिन्न जिल्लाका स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नाल्बो पत्रकारिता पुरस्कारबाट इतुङसा पत्रिकाका सम्पादक थाकुहाङ मेरिङ पाँचौं र धड्कन पत्रिकाका आसामका लोकमान सुब्बा आङ्देम्बेलाई छैटौं पुरस्कार वितरण गरिएको छ । पुरिस्कृतहरुलाई नगद २० हजार सहित ताम्रपत्रले सम्मान गरिएको थियो ।
यसैगरी लुङा पत्रिकामा लामो समय देखि लेख रचना दिएर सहयोग पुर्याउने साहित्यकार हरि चोङबाङ, लछामी सेर्मा पापो, सेसेहाङ फियाक, लाल अञ्जान सम्बाहाम्फे, कृष्णा प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ र १८ बर्ष देखि कम्प्यूटर टाईपिङ र सेटिङ गरि सहयोग गर्ने दिलकुमार लावतीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत मेरिङ र लोकमान सुब्बाले लुङा पत्रिकाबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा कियाचू लिम्बुवान प्रदेश समिति सचिव जितेन पन्धाक साङसेन, धिरेन लावती, देवेन्द्र लावती लगायतको उपस्थिति रहेकोउक्त कार्यक्रमको संचालन याक्थुङ साहित्य प्रतिष्ठानकी सचिव रचना लावतीले गरेकि थिइन् । कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका व्यवस्थापक इक्सा सम्बाहाम्फेले गरेकी थिइन् ।कार्यक्रमको सभाध्यक्षता लुङा पत्रिकाका सम्पादक तथा प्रकाशक सेसेमी से नाल्बोले गरेका थिए ।
यसैगरी सोही दिन याक्थुङ वर्णविन्यासमा केम्फ्रेङ, मुक्फ्रेङ र सई प्रयोग बारे विमर्श र लिम्बु भाषामा आधुनिक साहित्य लेखन तथा समालोचना बारे विमर्श भएको थियो । कार्यक्रममा लिम्बु साहित्य लेखक तथा बुद्धिजिवीहरुको सहभागिता रहेको लिम्बु भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बोले बताए ।