बिर्तामोड । नेपाल पत्रकार महासंघको प्रदेश तथा झापा शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले सम्मान गरेको छ ।
सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका पदाधिकारी तथा सदस्यहरु महासंघको गत मंसिर २८ गतेको निर्वाचनबाट प्रदेश तथा जिल्ला शाखामा निर्वाचितलाई संस्थाको नियमित बैठकमा सम्मान गरिएको हो ।
नारी सञ्चार गृहकी पूर्वअध्यक्ष भण्डारी पत्रकार महासंघ प्रदेश न : १ की उपाध्यक्ष, कार्यसमिति सदस्य विनिशा शर्मा नेपाल पत्रकार महासंघ झापा शाखाको उपाध्यक्ष, कोषाध्यक्ष स्वस्तिका आचार्य सदस्य, निवर्तमान सचिव भूमिका सुब्बा, कार्यसमिति सदस्य इशा प्रधान र अस्मिता साँखी जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।
उनीहरूलाई संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको नियमित बैठकमा खादा माला र अबिर लगाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको थियो ।