adv

चर्चब्वाइज युनाइटेड बन्यो प्रथम झापा कपको च्याम्पियन

 

पुष ८, झापा । चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं प्रथम झापा कपको च्याम्पियन बनेको छ । विर्तामोडस्थित डोमालाल राजंवशी रंगशालामा सोमबार भएको फाइनल खेलमा एनआरटीलाई ३–१ गोल अन्तरले पराजित गरी चर्चब्वाइज च्याम्पियन भएको हो

खेलको २९औं मिनेटमा चर्चब्वाइजका समिर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । अरमण्डले ४३औं गोल थप्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम समयमा एनआरटीका अन्जन विष्टले गोल गर्दै गोल अन्तर कम गरे । दोस्रो हाफमा एनआरटी लेविपक्षीको पोस्टमा आक्रमण तीव्र बनाए पनि गोल गर्न सकेन ।

काउन्टर एट्याकमा ९०औं मिनेटमा चर्चका अरमण्डले नै गोल गरी टिमलाई विजय गराए ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चर्चका रोहित कार्की भए । उनले नगद १ लाख रुपैयाँ हात पारे । उत्कृष्ट गोल किपर चर्चका कृषल मोक्तान, सर्वाधिक गोलकर्ता एनआरटीका अन्जन विष्ट, झापा ट्यालेन्ट खेलाडी प्रदीप बुढाथोकी भएका छन् ।

उनीहरुले जनही ३५ हजार नगद हात पारे । आजको प्लेयर अफ दी म्याच चर्च ब्वाइजका समीर तामाङ भएका छन् । उनले नगद १०हजार हात पारे ।

विजताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा नेपालका ९ र भारतको एक गरी १० टिमको सहभागिता थियो । प्रतियोगिता मंसिर २९ गतेबाट सञ्चालन भएको थियो ।  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु