adv

प्रेस सेन्टर नेपाल झापा अध्यक्षमा खड्का

पुष १३, झापा प्रेस सेन्टर नेपाल झापाको १०औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको

समितिमा उपाध्यक्ष होमप्रकाश अधिकारी सन्तोष शर्मा, सचिव प्रकाश उप्रेती, सहसचिव लेखनाथ चापागाईँ राजन साम्पाङ्ग तथा कोषाध्यक्ष मनोज तिवारी रहेका छन्

त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना पर्वत तामाङ सदस्यमा चयन भएका छन्  दुई सदस्य थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो अधिवेशनले डण्डिराज घिमिरे झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको

कार्यक्रममा प्रेस सेन्टर नेपालमा प्रवेश गरेका पत्रकार राजन साम्पाङलाई स्वागत गर्नुका साथै हालै सम्पन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनका विजेताहरु सचिव राजु पाठक सदस्य सन्तोष शर्मालाई सम्मान गरेको

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि)को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रिय कमिटी सचिब बिमल लामिछाने, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्ढिराज घिमिरेले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए

राजु पाठकको अध्यक्षमा सम्पन्न अधिवेशनमा सचिव खड्काले साङ्गाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए

कार्यक्रममा नव निर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डिकौडिन्य अक्षयकोषको अभियानलाई निष्कर्षमा पुर्‍याउने सहित वार्षिक कार्ययोजना बनाएर अघि बड्ने प्रतिबद्धता व्यक्त गरेका थिए बिमल लामिछानेले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु