adv

नेवि संघ दमक बहुमुखी क्याम्पसको सभापतिमा राई

 

पुष १५, दमक । नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसको १३औं इकाई अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सुनिल राई सभापतिमा निर्वाचित भएसँगै २७ सदस्यीय समिति गठन भएको हो ।

नव निर्वाचित समितिको उप–सभापतीमा सबिन गौतम र रञ्जित राजवंशी रहेका छन् भने सचिव सञ्जय राई र मदन भट्टराई, सह–सचिव सुमन बाँस्कोटा र सुजन जंग कुँवर, कोषाध्यक्ष तेरिज गुरागाँई र सह–कोषाध्यक्षमा सौभाग्य कङ्दङ्वा रहेका छन् ।

संघका केन्द्रीय सदस्य तथा दमक क्याम्पसका पूर्व अध्यक्ष अतीत राईको सभाध्यक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य माननीय महेन्द्र कुमारी लिम्बू रहेका थिए ।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्रीय सभापति डुण्डिराज भण्डारी, नेपाली कांग्रेस प्रदेश सभापति रवि केसी, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई, नेवि संघ झापा जिल्ला सभापति सञ्जय निरौला, नेवि संघ जिल्ला उप–सभापति द्रोण दाहाल, नेवि संघ जिल्ला सचिव जितेन साङपाङ, झापा जिल्ला निर्वाचन प्रतिनिधि ललित मगर, नेवि संघ जिल्ला सह–सचिव आशिष लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु