adv

व्यावसायिक सवारी चालक अनुमति पत्र प्राप्त गर्न कक्षा ८ पास हुनुपर्ने

 

फागुन १८, आइतबार । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिमार्जन गरि ल्याउन लागिएको नयाँ ऐनमा व्यावसायिक सवारीचालक अनुमति पत्र प्राप्त गर्न कम्तीमा कक्षा ८ पास भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा ठुलो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ। यो प्रावधानलाई संशोधन गरी २३ वर्ष उमेर पूरा हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

त्यस्तै १८ वर्ष उमेर पुगेका नागरिकले मझौला तथा साना सवारी सञ्चालन गर्न पाउने व्यवस्था रहेपनि नयाँ व्यावस्थामा २१ वर्ष हुनुपर्ने उमेर हद रहेको छ ।मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न पहिला १६ पुगेको हुनुपर्ने थियो भने अहिले १८ वर्ष उमेर हद कायम गर्न खोजिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु