मेचीनगर । पाँचौं संस्करणको मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । मेचीनगरको काँकरभिट्टा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र जर्जियन एफसीकालिम्पोङ भारतले प्रस्तिस्पर्धा गर्नेछन् ।
दोश्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र एनएसएल टिम झापा एफसी झापाबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, फागुन २६ गते तेस्रो क्वार्टर फाइनल खेल बिदेशी टिम उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लबसँगप्रतिस्पर्धा गर्नेछ ।
फागुन २७ गते अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनलप्रवेशका लागि खेल्नेछ ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल पाउनेछ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयरअफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछन् ।
मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ भने प्रतियोगिताकोप्रत्यक्ष प्रसारण खेलाडी डट कमले गर्नेछ ।