adv

मेचीनगर गोल्डकप : आज धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दै

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा जारी पाँचौ मेचीनगर गोल्डकपमा सोमबार धरान एफसीले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलेको सामना गर्दैछ ।

खेल काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यो खेलको विजेताले सेमिफाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । काँकरभिट्टाले भारतको जिर्जियन एफसीलाई ४-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पाक्का गरेको हो ।

ब्ल्याक बुल्स र धरान पहिलो पटक आमने सामने हुँदैछ ।  धरान  वर्षको पहिलो गोल्डकप खेल्दैछ ।

यता ब्ल्याक बुल्सले सहभागिता जनाउन लागेको यो तेस्रो प्रतियोगिता हो । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको ब्ल्याक बुल्स केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगितामा भने पहिलो खेलमै पराजित भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु