चैत २, उदयपुर । वान्तावा रुङमाहाङ राई वात्तोङ समितिको ७औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
चैत १ देखि ३ गते सम्म सम्पन्न सम्मेलन ऐतिहासिक व्यक्ति नारदमुनी थुलुङको जन्म ठाउँ उदयपुर जिल्लाको चौदण्डिगडी नगरपालिका ४ बसाहामा आयोजना भएको थियो ।
वंशावलीमा पुरानो इतिहास बोकेको रुङमाहाङ वंशले स्थापनाको स्वर्णजयन्ती मनाइसके पनि राष्ट्रिय सम्मेलन भने ७औं संस्करण मात्र आयोजना भएको केन्द्रिय अध्यक्ष रवि कुमार राईले जानकारी दिए ।
वंशको संस्थापक अध्यक्ष वंशरत्न प्रेम कुमार राईको प्रमुख आतिथ्यमा सञ्चालित उद्घाटन सत्रमा संस्थाका केन्द्रिय पदाधिकारी, सदस्य, सल्लाहकार सहित विभिन्न जातिय संस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सामाजिक, राजनैतिक, शैक्षिक, व्यवसायिक, निजामति कर्मचारी, खेलकुद लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका वंशहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
समितिका महासचिव सुनिल राईका अनुसार कार्यक्रममा देशभरी रहेका ३१ वटा इकाई वात्तोङ समिति सहित क्षेत्रीय समिति र विदेशमा रहेका समितिहरुको सहभागितामा भएको थियो । उनले कार्यक्रम एकदमै सफलता पूर्वक सम्पन्न भएको बताए ।