adv

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला आइतबार विर्तामोड र दमकमा आउने

10-768x384.jpg

रविकिरण वान्तवा, विर्तामोड  फिल्म हल भित्र भरिभरौ दर्शकहरु छन् फिल्म सिद्धियो तर पनि उनीहरु हल बाहिरा निस्कन हतारगरिरहेका छैनन् तीमध्ये केहि दर्शकहरु आशु पुछिरहेका छन् दर्शकहरुको ठिक अगाडी उभिएर केहि भनिरहेका छन् निर्देशक मिलनचाम्स साथमा उभिरहका छन् निर्माता प्रेमकुमार श्रेष्ठ यसरी नै उनी प्रतेक हल हलमा पुगेर दर्शकहरुको प्रतिक्रिया लिएको पनि साता पुरा गरेर तेस्रो सातामा लाग्दै

५-768x512.jpg

प्रसंग हो चलचित्र अञ्जिलाको दर्शक प्रतिक्रिया लिन कहिले सानो छोरी काखमा बोकेर हल पुगिरहेका हुन्छन् कहिले पोडकास्ट डिजिटल प्लेटफमबाट चलचित्र अञ्जिलाको प्रचारप्रसार गर्नमा व्यस्त छन् यति बेला निर्देशक मिलन चाम्स उनलाई साथ दिनचलचित्रका कलकारहरु मध्ये कहिले दयाहाङ बिजय बराल , कहिले बुद्धि तामाङ उनीसँगै हल पुगिरहेका हुन्छन् यसै गरी गत सातामात्र लण्डनबाट कलकार सृजना सुब्बा ( चलचित्रमा अञ्जिलाकी आमा ) नेपाल आइपुगेकी थिइन् उनी पनि दर्शकको प्रतिक्रिया लिनचाम्ससंगै हल हल पुगिरहेकी छिन् चलचित्रका अन्य कलकारहरु पनि चाम्सलाई साथ दिन उनीसँगै हलसम्म पुगेर दर्शक प्रतिक्रिया भनेलिइनै रहेका छन्

२-1-768x512.jpg


चलचित्र हेरेका दर्शकहरुले राम्रै प्रतिक्रिया दिइरहे ता पनि उनीहरुको चहाना थियो एक पटक एन्जिलालाई प्रत्यक्ष भेट्ने निर्देशकचाम्स निर्माता प्रेमकुमार श्रेष्ठको पनि चाहना थियो होला एन्जिला एक पटक भए पनि हल हल पुगेर दर्शकहरुसँग साक्षतकार गरोसभनेर कारणवस एन्जिलाले ग्रीसको क्लबबाट समय निकाल्न सकिरहेका थिएनन् जसको बाबजुत उनी नेपाल आउन ढिलाईभइरहेको थियो तर पनि उनले आफ्नो सामाजिक सञ्जाल मार्फत अञ्जिलाको प्रचारप्रसार गर्न भने भुलिनन्

३-768x512.jpg


अन्तत एन्जिला तुम्बापो सुब्बा आफ्नो बायोपिक चलचित्र अञ्जिलाको लागी शुक्रबार १० बजे बिहान ग्रीसबाट नेपाल आइपुगेकी छिन् चारदिनको नेपाल बसाईमा उनले शुक्रबार शनिबार उपत्यका भित्रका हलहरुमा पुगेर दर्शक प्रतिक्रिया लिने छिन् एन्जिला आइतबारदेखि पुर्वपश्चिमका हलहरुमा पुग्नेछिन् पोखरा, हेटौडा, नेपालगञ्ज, बुटवल, धनगढी, दाङ, चितवन, बिराटनगर, धरान, इटहरी हुदैदमक बिर्तामोडका फिल्म हलहरुमा पुगेर दर्शकहरुसंग अन्तरक्रिया गर्नेछिन्


नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जिवनमा आइपरेका संघर्ष उतापचडावहरुलाई समेट्दै निर्माण गरिएको चलचित्र अञ्जिला यतिबेला देशैभर सफल्ताका साथ तेस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र अञ्जिला मार्च २९तारिख देखि अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम स्विडेनमा एकसाथ रिलिज भइरहेकाे अस्ट्रेलियामा रिलिजको टुङ्गोलगभग अन्तिम चरणमा रहेको निर्माता प्रेमकुमार श्रेष्ठले बताउनु भयो साथै, बेलायतमा यस चलचित्रको उच्च माग रहेको चाडै त्यहाँप्रदर्शन गरिने जानकारी पनि गराउनु भयो

(रविकिरण राई सुर्योदय टेलिभिजन विर्तामोडमा कार्यरत पत्रकार हुन् ।)

४-768x512.jpg

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु