माङसेबुङ । इलामको माङसेबुङमा ७ दिने आधारभूत उद्घोषण तालिम सुरु भएको छ । तालिम वडास्तरीय महिला समन्वय समिति माङसेबुङ वडा नं. ६ को आयोजनामा र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार देखि सुरु भएको हो ।
माङसेबुङ ६ टोड्के स्थित नागरिक सचेतना भवनमा सुरु भएको तालिमको उद्घाटन समारोह समितिका अध्यक्ष कल्पना वानु राईको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ६ का वडाध्यक्षप्रदिप साङपाङ, प्रवक्ता सुसन राई, सहजकर्ता भूमिका सुब्बा, सजन राई, गाउँपालिका पूर्व कार्यपालिका सदस्य मनिसा राई, नागरिक सचेतना समूहका अध्यक्ष डिल्लि कुमारी राई लगायतको उपस्थिति रहेको थियो ।
तालिममा ३२ जना सहभागि रहेका छन् ।




