इलाम । इलामको माङसेबुङमा गाउपालिकाको आर्थिक सहयोग र खुसी खुस्बु सीप बिकास तालिम केन्द्र दमकको प्राविधिक समन्वयमा १४ जेठ देखि आधारभूत ब्युटीपार्लर सम्बन्धी तालिम शुरू भएको छ ।
माङ्सेबुङ गाउपालिका वडा नम्बर ४ को सभाहलमा सुरु भएको तालिमको उद्घाटन समारोह वडा नं. ४ का वडाध्यक्ष नवीन लिम्बुको अध्यक्षतामा तथा माङ्सेबुङ गाउपालिका उपाध्यक्ष बिनोद नेम्वाङको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि र कर्मचारीहरुका साथै स्थानीय सामाजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।
तालिममा सो वडाका २० जना महिलाहरुले एक महिना सम्म सौन्दर्यकला सम्बन्धीको आधारभूत तालिम लिने तालिम केन्द्रकी सञ्चालिका जमुना निरौला अधिकारीले जानकारी दिनु भयो । तालिममा ब्युटिसियन जमुना निरौला र रिता बानियाले सहजिकरण गर्नेछन् ।