adv

शारीरिक अपांग भएका व्यक्तिहरुलाई पौष्टिक आहार वितरण

गोविन ल्वागुन, पाराबारी   झापाको शिवसताक्षी नगरपालिका मा शारीरिक अपांग भएका व्यक्तिहरुलाई पौष्टिक आहार वितरण गरिएको

वडाको कार्यलयमा भएको पौष्टिक आहार वितरण कार्यक्रममा बोल्दै वडा नम्बर का वडाध्यक्ष भाष्कर न्यौपानेले अशक्त नागरिकहरूको स्वास्थ्य लाई तन्दुरुस्त गराउनको लागि पौष्टिक आहार आवश्यकता रहेको बताएका छन् उनले थोरै बजेटबाट अपाङ्ग नागरिकहरुलाई सहायक सामग्री दिन सबैलाई नपुग्ने प्रभावकारी समेत नहुने भएकोले पौष्टिक आहार वितरण गरिएको बताए

वडा भित्रका ३४ जनालाई पौष्टिक आहार वितरण गरिएको थियो लाभग्राहीहरुको तर्फबाट बोल्दै इन्दिरा कटुवाल नगेन्द्र सुजीले यस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिए

हाल वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही संख्या ३४ जना रहेको अपाङ्गता संख्या भने ५० जनाको हाराहारीमा रहेको वडाकार्यलयले जनाएको

वडाको सिलिङ बजेट बाट विनियोजित ५० हजार आर्थिक सहयोगमा हर्लिक्स, जुस, सर्बोतम पिठो, बिस्कुट  लगायतका  पौष्टिकआहार वितरण गरिएको वडा सचिव  बिनिषा बास्कोटाले जानकारी दिइन कार्यक्रममा वडा सदस्यहरु तिर्था दर्जी, लासाङ दोर्जेतामाङ, शंकर राईले  शुभकामना मन्तव्य राखेका थिए

वडाध्यक्ष भाष्कर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य मुनाकुमारी तामाङले गरेकी थिइन् भने सञ्चालन वडा सचिव बिनिसा बास्कोटाले गरेको थिइन

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु