माङसेबुङ । इलामको माङसेबुङमा सञ्चालित ७ दिने आधारभूत उद्घोषण तालिमको समापन भएको छ । तालिम वडा स्तरीय महिला समन्वय समिति माङसेबुङ वडा नं. ६ को आयोजनामा र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा जेठ १० गते शनिबार देखि सुरु भएको तालिमको १६ गते शुक्रबार समापन भएको हो ।
माङसेबुङ ६ टोड्के स्थित नागरिक सचेतना भवनमा भएको तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि माङसेबुङ ६ का वडाअध्यक्ष प्रदिप साङपाङले तालिम प्रभावकारी भएको बताए । उनले पहिला यस्तो तालिमको अवसर नभएका कारण यस क्षेत्रका बासिन्दा पछि परेको बताए । आधारभूत तालिमले मात्र नहुने हुँदा आवश्यकता अनुसार एड्भास तालिम समेत गराउने उनको भनाई रहेको थियो ।
समितिका अध्यक्ष कल्पना वानु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट जुनिता राई, बिमला राई र कविता राईले अनुभव सेयर गरेका थिए ।
कार्यक्रममा पालिका प्रवक्ता सुसन राई, कार्यपालिका सदस्य पुनम सम्बाहाम्फे, गाउँपालिकाका पूर्व कार्यपालिका सदस्य मनिसा राई, पालिकाका नायब पशु स्वास्थ्य प्राविधिक प्रविन मुखिया, नागरिक सचेतना समूहका अध्यक्ष डिल्लि कुमारी राई, सहजकर्ता भूमिका सुब्बा र सजन राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई प्रशिक्षार्थी जीवन कुमार राईले सञ्चालन गरेका थिए भने प्रशिक्षार्थी जमुना भूजेलले स्वागत मन्तव्य राखेका थिए । तालिममा ३२ जना सहभागि रहेका थिए ।



