adv

टोल स्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिन चार वटा खेल सम्पन्न

                     पुरुष टिम बाँझो ३(ए) 

माङसेबुङ । इलामको माङसेबुङ–६ मा टोल स्तरीय प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल पुरुष फुटबल तर्फ बाँझो १(बी) विजयी भएको छ । साबिक वडाहरुलाई मिलाएर बनाइएको टोल स्तरीय प्रतियोगिता पहिलो खेलमा बाँझो १(बी) ले बाँझो ४(बी) लाई पेनल्टि सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

शुक्रबार नै भएको दोस्रो खेलमा ३० वर्ष माथिका महिलाहरुको लुङ्गी फुटबल खेलमा बाँझो ५ ले बाँझो ३ लाई २–० गोलले हराउदै फाइनल प्रवेश गरेको छ ।

                    लुङ्गी महिला टिम बाँझो ५

तेस्रो दिनको तेस्रो खेलमा महिला फुटबल तर्फ बाँझो ४ लाई शून्यका विरुद्ध एक गोल गर्दै बाँझो ६ फाइनल प्रवेश गरेको छ ।

यसैगरी चौथो खेल पुरुष तर्फको फुटबल खेलमा बाँझो ३(ए)ले बाँझो १(ए)लाई ४–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । 

                    पुरुष टिम बाँझो १(बी) 

शनिबार हुने पहिलो सेमिफाइनल खेल बाँझो ६(ए) र बाँझो ३(ए) बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बाँझो ३(बी) र बाँझो १(बी) बीच हुनेछ । त्यसैगरी शनिबार नै दुई वटा फाइनल खेल हुनेछ । महिला फुटबलको फाइनल खेल बाँझो ३ र बाँझो ६ बिच हुनेछ भने पुरुष भेट्रान तर्फको फाइनल खेल बाँझो ६ र बाँझो ५ हुनेछ । अन्य फाइनल खेल भने आइतबार हुने आयोजक समितिले जानकारी दिए । 

                          महिला टिम बाँझो ६

प्रतियोगितामा महिला तथा पुरुष फुटबल सहित भेट्रान्स फुटबल र ३० वर्ष माथिका महिलाहरुको लागि लुङ्गी फुटबल खेल सहित चार विधामा खेलहरु भइरहेको छ ।

माङसेबुङ ६ स्थित हस्टेमा रहेको पारुहाङ खेल मैदानमा सञ्चालित प्रतियोगिता माङसेबुङ ६ को सहयोग तथा माङसेबुङ ६ टोल स्तरीययुवा तथा खेलकुद समितिको आयोजनामा भइरहेको छ ।

प्रतियोगिताको महिला तथा पुरुष फुटबलको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फ विजेताको १० हजार र उपविजेताको ५ हजार नगद सहित उपाधि पाउनेछन् । त्यसैगरी लुङगी तर्फको विजेता र उपविजेताको पुरस्कार क्रमशः ५ हजार र  २ हजार ५ सय रुपैयाँ सहित ट्रफि रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु