फाकफोकथुम । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामद्वारा सञ्चालित नयाँ बुलन्द डटकमको नवौं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा इलामको फाकफोकथुम गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार युद्धबहादुर बोहोरा पुरस्कृत भएका थिए ।
इलाम र पाँचथरको सिमाना घुर्बिसे पञ्चमीबाट पत्रकारिता गर्दै आएका बोहोरा ‘नयाँ बुलन्द अनलाईन पत्रकारिता पुरस्कार–२०८२’ द्वारानगद १० हजार रुपैयाँ र प्रशंसापत्र सहित सम्मानित भएका हुन् ।
उनलाई प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, विशेष अतिथि उपाध्यक्ष कल्पना राई, प्रमुख प्रशासकियअधिकृत निर्मल तुम्म्रोक लगायत अतिथिहरुले नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
विगत एक दशकदेखि इलाम र पाँचथरको सीमा ग्रामीण क्षेत्रमा बसेर सक्रिय र व्यावसायिक पत्रकारिता गरिरहेका संचारकर्मी बोहोरा झापाबाट प्रकाशित पूर्वाञ्चल राष्ट्रिय दैनिक, शिलापत्र डटकम लगायत संचार माध्यममा आवद्ध छन् । प्रेस सेन्टर नेपाल, पाँचथरका अध्यक्ष समेत रहेका उनी नयाँ बुलन्दका उपसम्पादक समेत रहेका छन् । यसअघि नेपाल पत्रकार महासंघ पाँचथर शाखाका कार्यसमिति सदस्य थिए ।
उर्जाशिल पत्रकार बोहोराले पत्रकारिताका माध्यमबाट समुदायमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सञ्चालक राम योङहाङले जानकारी दिए । उनले बर्सेनि एक जना अनलाइन मिडियामा उत्कृष्ट काम गर्ने जिल्लाका पत्रकारलाई सम्मान गरिनेबताए ।
वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ बुलन्द डटकमले प्रकाशन गरेको भित्तेपात्रो २०८२ सार्वजनिक गरिएको थियो ।
यसका साथै पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद समेत गरिएको थियो । कार्यक्रममा पत्रकार राम योङ्हाङले तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको सहकार्यमा सञ्चालित कार्यक्रममा वडाध्यक्षहरु कर्णबहादुर लिम्बु, दिपेन्द्रलिम्बु, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका सहसचिव रमेश थापा, प्रेस सेन्टर नेपाल इलामका अध्यक्ष नवीन ढकाल, नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) का केन्द्रिय सदस्य अतित योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सम्मानित पत्रकार युद्धबहादुर बोहोराले अनुभव सेयर गरेका थिए ।
नयाँ बुलन्द डटकमका संचालक/सम्पादक योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ बुलन्दका प्रमुख संवाददाता बालकृष्ण बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन उप–सम्पादक प्रकाश नेपालले गरेका थिए ।




