माङसेबङ । इलामको माङसेबुङमा सात दिने उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । माङसेबुङ ५ चिसेनीमा रहेको किरात साम्जिक मुन्धुम निसाम हिमको सभाहलमा सञ्चालित तालिम असार १ गते देखि असार ७ गते सम्म हुनेछ ।
किरात इङ्भो पान्जुम्भोको अध्यक्ष केहेरसिंह योङहाङको अध्यक्षतामा भएको उद्घाटन समारोह माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्रराईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङ्गेना सेवा समितिका उपाध्यक्ष होम बहादुर लिङदेन, किरात साम्जिक मुन्धुम निसाम हिमको प्रधानाध्यापक ललित चन्द्र फियाक, किरात साम्यो माङसेवासावा पान्जुभोका सचिव सञ्च सम्बाहाम्फे, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङ, किरात चोत्लुङ मुहिङगुम अङसी माङ्गेना सेवासमितिका सदस्य पुर्ण कार्की डोली, मुख्य प्रशिक्षक देशराज नेम्बाङ, सह–प्रशिक्षक सजन राई, पत्रकार सङसेमी माङयुङ लगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
किरात इङ्भो पान्जुम्भो र माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रालिको आयोजनामा भएको तालिमलाई आर्थिक सहयोग माङसेबुङ गाउँपालिकाले गरेको हो ।
माङसेबुङ मासिकको कार्यकारी सम्पादक ज्ञानु केदेमले सञ्चालन गरेको कार्यक्रममा माङसेबुङ न्यूजका सह–सम्पादक आन्छुमी नसानले स्वागत गरेका थिए ।
पहिलो ३ दिन उद्घोषण र ४ दिन पत्रकारिताको पढाइ हुने तालिममा पालिका भित्रका २५ जनाको सहभागिता रहेको छ ।




