adv

जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा पशुपालन तथा अभिमुखीकरण तालिम सम्पन्न

उर्लाबारी जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा पशुपालन तथा अभिमुखीकरण तालिम सम्पन्न भएको संस्थाको शाखा कार्यालय उर्लाबारी मोरङको आयोजनामा जेठ २९ ३० दुई दिन तालिम सञ्चालन भएको थियो

उर्लाबारी नगरपालिका मङ्गलबारेमा सम्पन्न तालिमको औपचारिक कार्यक्रम संस्थाका उर्लाबारी शाखा प्रमुख नगेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो

कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी वडा अध्यक्ष तथा पालिका प्रवक्ता भीष्मराज बुढाथोकी सहित अतिथिहरु मंगलबारे अस्थायी प्रहरी चौकी प्रमुख विष्णु बहादुर कटुवाल, अस्थायी प्रहरी चौकी प्रतिनिधि विष्णु खड्का, प्रशिक्षक जीवन विकास लघुवित्त केन्द्रीय कार्यालयबाट कृष्णकुमार शाह लगायतको उपस्थिति रहेको थियो

तालिममा ५० जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी युगल श्रेष्ठले गरेका थिए कार्यक्रममा संस्थाका सदस्य, प्रशिक्षार्थी, अभिभावकहरुले समेत आफ्नो भनाई राखेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु