adv

शिवसताक्षीमा सिलाई कटाई र ब्युटिसियन तालिम सम्पन्न

गोविन ल्वागुन, शिवसताक्षी । झापाको शिवसताक्षी ५ मा सञ्चालित सिलाई कटाई र ब्युटिसियन तालिमको आइतबार समापन भएको छ ।

गरिबि निवारणको लागी महिला लक्षित लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई २ महिने सिलाइ कटाई र १ महिने ब्युटिसियन तालिम आयोजना भएको थियो ।

महिलाहरुलाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजित सिलाइ कटाइ तालिममा २० जना र ब्युटिसियन तालिममा १९ जनाको सहभागीता रहेको थियो ।

संघिय सरकारको ससर्त अनुदानको बजेट १२ लाख रुपैयाँबाट शिवसताक्षी नगरमा माथि उल्लेखित तालिमहरु ३ वटा वडामा सञ्चालन भएको थियो । जसअन्तर्गत वडाहरु ३, ४ र ५ रहेका छन ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सिकिन पास्वानले सीप सिकि दक्ष बनी आत्मानिर्भर बन्नका लागि सिपको सदुपयोग गरी आर्थिक रुपमा सबल बन्न सहभागीहरुलाई अनुरोध गर्दै आवश्यकता अनुसार एड्भान्स तालिम समेत सञ्चालन गरीने बताए ।

सहजकर्ताहरुमा सिलाइ कटाइ तालिम तर्फ स्थानीय अनिता राजवंशी र ब्युटिसियन तर्फ स्थानीय सन्ध्या ताजपुरिया रहेका थिए । 

सिलाइ कटाइ तालिमका प्रशिक्षार्थीहरुलाइ २० प्रतिशत लागत सहभागितामा लुगा सिलाउने मेसिन समेत उपलब्ध गराइने वडा सदस्य सुलभ दाहालले जानकारी दिए ।

सो कार्यक्रममा  सूर्योदय आविका प्रधानाध्यापक जगतवीर लिम्बू, कार्यपालिका सदस्य यसोदा बिमली र प्रशिक्षार्थीका तर्फबाट चम्पा भट्टराईले मन्तव्य राखेका थिए ।

वडासदस्य बिमल न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रम सहजकर्ता उमेश दनुवारले सञ्चालन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु