adv

शिवसताक्षीमा सिलाई कटाई र ब्युटिसियन तालिम सम्पन्न

गोविन ल्वागुन, शिवसताक्षी  झापाको शिवसताक्षी मा सञ्चालित सिलाई कटाई ब्युटिसियन तालिमको आइतबार समापन भएको

गरिबि निवारणको लागी महिला लक्षित लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई महिने सिलाइ कटाई महिने ब्युटिसियन तालिम आयोजना भएको थियो

महिलाहरुलाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजित सिलाइ कटाइ तालिममा २० जना ब्युटिसियन तालिममा १९ जनाको सहभागीता रहेको थियो

संघिय सरकारको ससर्त अनुदानको बजेट १२ लाख रुपैयाँबाट शिवसताक्षी नगरमा माथि उल्लेखित तालिमहरु वटा वडामा सञ्चालन भएको थियो जसअन्तर्गत वडाहरु , रहेका छन

कार्यक्रममा बोल्दै वडाध्यक्ष सिकिन पास्वानले सीप सिकि दक्ष बनी आत्मानिर्भर बन्नका लागि सिपको सदुपयोग गरी आर्थिक रुपमा सबल बन्न सहभागीहरुलाई अनुरोध गर्दै आवश्यकता अनुसार एड्भान्स तालिम समेत सञ्चालन गरीने बताए

सहजकर्ताहरुमा सिलाइ कटाइ तालिम तर्फ स्थानीय अनिता राजवंशी र ब्युटिसियन तर्फ स्थानीय सन्ध्या ताजपुरिया रहेका थिए । 

सिलाइ कटाइ तालिमका प्रशिक्षार्थीहरुलाइ २० प्रतिशत लागत सहभागितामा लुगा सिलाउने मेसिन समेत उपलब्ध गराइने वडा सदस्य सुलभ दाहालले जानकारी दिए ।

सो कार्यक्रममा  सूर्योदय आविका प्रधानाध्यापक जगतवीर लिम्बू, कार्यपालिका सदस्य यसोदा बिमली र प्रशिक्षार्थीका तर्फबाट चम्पा भट्टराईले मन्तव्य राखेका थिए

वडासदस्य बिमल न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रम सहजकर्ता उमेश दनुवारले सञ्चालन गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु