adv

लागु औषधविरुद्ध कदमको पश्चताप प्रदर्शन

१२ असार,माङसेबुङ ।कदम थिएटरकोआयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा लागु औषध दुव्र्यसनविरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन भएको छ ।

माङसेबुङ ५ को सरस्वती मावि र माङसेबुङ ४ को विद्यासिर्जनात्मक माविमा सडक नाटक पश्चताप मञ्चन गरिएको कदमका महासचिव कमन देवानले जानकारी दिए । असार ११ र १२ गते विद्यालयका विद्यार्थी, अभिभावक, जनप्रतिनिधिलगायतलाई नाटक प्रदर्शन गरिएको थियो ।
कदमका कलाकारहरु अनिस्मा पौडेल, इशान केरुङ, श्रीविना राई, आरुषी अधिकारी, निश्चल अधिकारी, सनोज तामाङ, प्रज्जवल भट्टराई, शुभम् अधिकारीलगायत कलाकारले अभिनय गरेको सो सडक नाटकमा लागु औषधको दुव्र्यसले पारेको पारिवारिक समस्याको घटना चित्रण गरिएको छ ।

सडक नाटक मञ्चनपछि प्रतिक्रिया दिँदै माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्र राईले लागु औषध जस्तो कुलतमा झुक्किएर पनि फस्नु हुँदैन भन्ने सन्देश दिन खोजेको प्रतिक्रिया दिए । त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष नवीन लिम्बूले विद्यार्थी उमेर धेरै कुरा सिक्ने उमेर भएको भए तापनि सिर्जनात्मक र सकारात्मक ज्ञानका कुराहरु मात्रै विद्यार्थीले सिक्नुपर्ने धारणा राखेका थिए ।

कदमका लागि सुवास खरेलले निर्देशन गरेको सडक नाटक पश्चताप मञ्चनमा फोनिज प्रदेश नम्बर १ को समेत सहकार्य रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु