adv

दमकमा बिद्यालय शिक्षामा आदिवासी याक्थुङ भाषा“शिक्षक पेशागत विकास “कार्यशाला सुरू

१३ असार,दमक । झापाको दमकमा बिद्यालय शिक्षामा आदिवासी याक्थुङ भाषा ,शिक्षक पेशागत विकास कार्यशाला आजदेखी सुरू भएको तीन दिन सञ्चालन हुने कार्यशाला किरात याक्थुङ चुम्लुङ सङघीय कार्यसमितिको आयोजनामा र सहकार्य अमेरिका स्थित कोलम्बिया बिश्व बिद्यालयको रहेको छ ।

कार्यशालामा झापा मोरङका २० जना याक्थुङ भाषाका शिक्षकहरूको सहभागिता रहेको दिनसम्म सञ्चालन हुनेकार्यशालालाई प्राज्ञ,भाषाविद तथा त्रिविका प्राध्यापक अमुर तुम्याङ,बिज्ञ तथा कोलम्बिया बिश्व बिद्यालय अमेरिकाकाप्राध्यापक डा.प्रेम फ्याक बिज्ञ तथा काठमाडौ बिश्वबिद्यालयका एमफिलका सोधार्थी पूर्ण कुमारी लिङदेनले सहजीकरण गर्नेछन् ।

किरात याक्थुङ चुम्लुङ झापाका उपाध्यक्ष हस्त आङदेम्बेको अध्यक्षकतामा  सम्पन्न उद्घाटन समारोहमा दमक याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति तथा पत्रकार सेसेमी मे नाल्बो, किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष डिबी कुरूम्बाङ,याक्थुङ समुदायका बिज्ञहरू तथा विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदेश्यमाथि प्रष्ट पार्दै कार्यशालाका सहजकर्ता कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा.प्रेम फ्याकले संविधानमा मातृभाषा शिक्षालाई लागु गर्नेबारे उल्लेख भएपनि विभिन्न कारणहरूले गर्दा लागु हुन नसकिरहेको अवस्था रहेको बताए । साथै प्राज्ञिक शिक्षकहरूको पेशागत विकासमा जोड दिन जरूरी रहेको जानकारी दिए । अरू हरेक विषयमा तालिमहरू हुने गर्छन तर मातृभाषामा शिक्षण गरिराखेका शिक्षकहरूको पेशागत तालिम भने हुंदैनन् त्यसैले ती शिक्षकहरूको पेशागत विकास होस् भन्ने उद्देश्यले यो कार्यशालाको आयोजना गरिएको बताए ।

मुन्धुम साबा इन्द्र आङदेम्बेको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बूवान प्रदेशका सदस्य कबिन्द्र शेर्माले स्वागत गरेका थिए भने सञ्चालन सचिव साङसेन पन्धाकले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु