adv

नारी सञ्चार गृह झापाको अक्षयकोषमा आचार्य दम्पतीको सहयोग

बिर्तामोड । नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन ‘अक्षयकोषमा दाताहरूबाट सहयोग जुट्ने क्रम जारी छ। सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा साहित्यकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केशव आचार्य र शारदा आचार्यले २१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । गृहकी अध्यक्ष रेजिना गौतम, निवर्तमान अध्यक्ष भिमा शिवाकोटी र अक्षयकोष बृद्वि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठलाई विर्तामोड ३ स्थित आफनै निवासमा आचार्य दम्पतीले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

सञ्चार गृहले बैशाख महिनाको पहिलो साता नै दाता महानुभावहरुको सहयोगबाट ५० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँको एकमुष्ठ अक्षयकोष राखिसकेको छ । सो पश्चात् दातामहानुभावहरूले नै कोषलाई करोड पुर्याउनु पर्ने सुझावसहित प्रोत्साहन गर्दै सहयोग जुट्ने क्रम निरन्तर जारी छ । सोही क्रममा सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरीले एकलाख रूपैयाँ दिने घोषणा गरेका छन् भने कोषमा सामाजिक अभियन्ता खगेन्द्र/ गिता इंङनामले १० हजार, संस्थाकी सदस्य मनिषा चौलागाईले १० हजार , कार्य समिति सदस्य भारती राईले ५ हजार पाँचसय, कोषाध्यक्ष स्वस्तिका आचार्यले ५ हजार एक सय ,सुरेस अग्रवाल (भद्रपुरे)ले २१ हजार, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्याैपानेले ११ हजार, बुद्वशान्ति १ होक्से निवासी आयुस-आरोही रिजालले ७ हजार पाँचसय, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले ५ हजार पाँचसय, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले ५ हजार, मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले ५ हजार नगद प्रदान गरेका छन ।

संस्थाले गत जेठ २६ गते सम्मानीय पूर्व राष्ट्रपति विधा देवी भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी ५० लाख रूपैयाँको कोष घोषणा समेत गरिसकेको छ ।

त्यसयता कोषमा १ लाख बढी संकलन भइसकेको छ भने पूर्व घोषित एकलाख २० हजार रकमसहित दुईलाख २६ हजार छ सय रुपैयाँ रकमकाे आधार बनिसकेकाे कोषकी संयोजक जोस्ना श्रेष्ठले जानकारी दिईन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु