
काठमाडौं। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सङ्घीय समितिले १२ जनापत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
आफ्नो २६ औं स्थापना दिवसको अवसरमा उक्त सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतिथि रहनेछन् ।
फोनिज सचिवालय बैठकले निर्णय गरेअनुसार फोनिज सम्मान २०८२ बाट पूर्व अध्यक्ष गजुरधन राई (नेपाल टेलिभिजन), पूर्वउपाध्यक्ष अमरध्वज लामा (रेडियो सार्दुल) र राजवंशी भाषाको त्रैमासिक पत्रिका ‘कोचिला सामाद’ (झापा) सम्मानित हुनेछन्। त्यस्तै, फोनिज पुरस्कार २०८२ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र बन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनेछन् ।
सोहीअनुसार पत्रकार मोक्ष गुरुङलाई फोनिज प्रवास अवार्ड २०८२ प्रदान गरिने छ । फोनिज लालितपुर शाखाकी पूर्व सदस्यउनी हाल अमेरिका बस्दै आएकी छन् । अमेरिकामा रहेर नेपाली भाषा र पत्रकारिताको प्रवर्धनमा उनले भूमिका रहेको छ ।
फोनिजले यस वर्षदेखि पुरस्कार रकममा २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको फोनिज संघीय महासचिव समीर बलामीलेजानकारी दिए । फोनिज स्थापनाको २७ वर्ष प्रवेशको अवसरमा २६औं स्थापना दिवशमा सङ्घीयकार्यसमितिले काठमाडौंमा साउन २७ गते मङ्गलवार कार्यक्रमको आयोजना गरेको छ ।

