adv

दमक चिसोपानी सडक निर्माणका पीडितहरुले गर्‍यो पत्रकार सम्मेलन

सजन राई, दमक झापा इलाम जिल्लालाई जोड्ने दमक चिसोपानी प्रस्तावित फाल्गुनन्द राजमार्गका ठेकदार फरार भएपछि पीडितहरुले पत्रकार सम्मेलन गरेका छन् सडक अन्तर्गत माथिल्लो दुई खण्डका ठेक्का कम्पनि लुम्बिनिगणपती जेभिका प्रोपाइटर तुलसीराम भण्डारी अहिले सम्पर्क विहीन छन्

पीडितहरुका अनुसार सडक निर्माणको क्रममा पेटी ठेकेदार, मिस्त्री, मजदुर, स्थानीय खुद्रा व्यापारी, होटल व्यावसायीहरू न्यायको खोजीमा रहेका छन्

बिहीबार पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इलाम माङसेबुङ का कमल बहादुर कार्की भन्छन-“सडक निर्माण गर्ने क्रममा स्थानीय श्रम तथा सामग्री प्रयोग गरी ठेकदार सम्पर्क विहीन छन स्थानीय निर्माण व्यवसायीहरुको मेसिन तथा उपकरणको प्रयोग गरेको तथा खाधान्न सामग्री सहितको पाँच करोड जति भुक्तानी गर्न बाँकी रहेको । करिव ४० जनाको भुक्तानी बाँकी रहेको भरसक ठेकदारसँग बसेर वार्ताबाट समस्याको समाधान होस भन्ने हाम्रो चाहाना रहेको नभए सडक निर्माणको क्रममा रहेका उपकरणहरु क्रसर, टिफर, स्काभेटर तथा आस्पल प्लाङ्टहरुबाट भर्पाई हुनु पर्छ भन्ने हाम्रो माग हो ।”

अर्का पीडित सुकवीर तामाङका अनुसार , महिना अगाडी सम्म ठेकदार सम्पर्कमा नै रहेको थियो कुरा हुँदा मुद्धा फैसला भए पछि आउछु, जित हाम्रो हुन्छ भन्थियो आएर सबैको बाँकी रकम तिर्छु पनि भनेको हो तर अहिले सम्पर्क विहीन भएपछि हामीले विभिन्न निकायहरुसँग सहयोगको आशा गरेका छौ

पत्रकार सम्मेलनमा पीडितहरुले केही सम्झौता कागज, ठेकदारले दिएको बैंक चेक तथा विभिन्न बिलहरु समेत देखाउँदै जसरी हुन्छ भुक्तानी गर्नु पर्ने नभए कानुनी प्रक्रियामा जाने बताए

निर्माणको काम बिचमा छाडेपछि अलपत्र परेको सडकको ठेक्का खारेज भएको पीडितहरु यस्मा सडक डिभिजन कार्यलयलाई समेत दोषी देख्छन् उनीहरुका अनुसार ठेक्का खारेज पछि तीन पटक निर्माण कम्पनि सडक डिभिजनले छलफल बसे पनि निर्णय हुन सकेन यदि ठेक्का कम्पनिलाई काम गर्न दिएको भए स्थानीय व्यवसायीहरु पीडित हुनु नपर्ने तर्क राख्छन अर्का पीडित रमेश राई

हिउँदमा धुलाम्मे बर्खामा हिलाम्मे सडक अहिले झन चिन्ताजनक अवस्थामा रहेको लामो समयमा पनि यो बाटो कालोपत्रे नहुँदा स्थानीयहरु चिन्तित छन्

दोस्रो तेस्रो खण्ड कालोपत्रे गर्ने काम २०७६ फागुन गते ठेक्का लागेको हो दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजार तेस्रो खण्ड५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो दुवै खण्डको म्याद २०७९ फागुन गते नै सकिएको थियो त्यसपछि पटक पटक म्याद थप्दा समेत दोस्रो खण्डको काम ६२ प्रतिशत तेस्रो खण्डको काम ३० प्रतिशत मात्र काम सकिएपछि ठेक्का तोडिएको थियो

               निर्माण पछि भत्किएको सडक

ठेक्का तोडिएपछि निर्माण कम्पनिले अदालतमा मुद्दा दर्ता गरेको थियो । उच्च अदालत द्वारा रिट खारेज पछि कम्पनिले  अर्को मुद्दा झापा जिल्ला अदालतमा समेत दायर गरेको थियो । उक्त मुद्धा भने  विचाराधीन रहेको छ ।

यस राजमार्ग अन्तर्गतको पहिलो खण्ड भने कालोपत्रेको अन्तिम अवस्था रहेको । दमकको जिरो प्वाइन्टदेखि माङसेबुङ को मार्चेबुङ सम्मको सात किलोमिटर सडक ३० महिनाभित्र सक्ने गरी २०७५ साउन २९ गते २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लागेको थियो पटक पटक म्याद थप गरिएको यो खण्ड समेत दैनिक जरिवानामा महालक्ष्मीकिराँतेश्वर जेभीले काम गरिरहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु