adv

तेस्रो उद्योग वाणिज्य कप २०८२ को उपाधि निर्माण व्यवसायी संघलाई

दमक दमक उद्योग वाणिज्य संघको ३५औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित तेस्रो उद्योग वाणिज्य कप २०८२ को उपाधि निर्माण व्यवसायी संघले जितेको

झापाको दमक गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा भदौ गते दुई दिन सञ्चालित प्रतियोगिताको फाइनल खेलमा निर्माण संघले मोबाइल व्यवसायी संघलाई गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो

उक्त प्रतियोगितामा अन्तर वस्तुगत संघको १० वटा टिमको सहभागिता रहेको थियो

व्यक्तिगत विधातर्फ निर्माण व्यवसायी संघका दिपेन थापाले उत्कृष्ट गोलकिपरको उपाधि पाउदा मोबाइल व्यवसायी संघका शरण राई हाई स्कोरर भए त्यसैगरी उत्कृष्ट खेलाडीको उपाधि निर्माण व्यवसायी संघका लेलेन सुब्बाले हात पारे प्रतियोगिताको अनुशासित टिमको उपाधि फर्निचर व्यवसायी संघले पाए

प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप पहिलो स्थान हासिल गर्ने टोलीलाई नगद ३३ हजार तीन सय ३३ रुपैयाँ सहित ट्रफि पाउदा उपविजेताले नगद २२ हजार दुई सय २२ रुपैयाँ ट्रफिमा चित्त बुझायो यता उत्कृष्ट गोलकिपर हाई स्कोररलाई दुई हजार दुई सय२२ रुपैयाँ प्रदान गरिएको थियो भने उत्कृष्ट खेलाडीको पुरस्कार दुई हजार पाँच सय रुपैयाँ रहेको थियो

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष विजयप्रसाद बराल, वर्तमान अध्यक्ष गोपाल गुराँगाई लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु