adv

दमकमा राष्ट्रियस्तरीय ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगितामा हुने


दमक । दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा “राष्ट्रियस्तरीय दमक च्याम्पियनसिप–२०८२” हुने भएको छ । पौष तीन गते देखि पाँच गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता सात वटा विधामा प्रतियोगिता गराइने आयोजक समितिका अध्यक्ष प्रकाश विराहाङ राईले बताए ।

पूर्वकै गरिमा बोकेको दमक नमुना व्याडमिन्टन एकेडेमीले प्रथम पटक गर्न लागेको राष्ट्रिय स्तरिय दमक च्याम्पियनसिप प्रतियोगितामा विभिन्न विधाका चार सय जना बढी खेलाडीहरु सहभागि हुने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

खेलकुदको माध्यमबाट दमक नमुना एकेडेमीसँगै दमकलाई चिनाउनका लागि समेत यो प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका आर्थिक संयोजक भवानी विक्रम आङदेम्बेले बताए । साथै टाढाबाट आउने खेलाडीहरुका लागि खाना आयोजक समितिले व्यवस्थापन गर्ने साथै बस्नका लागि आयोजक समितिले सहजिकरण गर्ने संयोजक आङदेम्बेले बताए ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु दमकस्थित दमक नमुना ब्याडमिन्टन एकेडेमीको कबर्डहलमा हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु