adv

मधुमेह एक जटिल रोग हो, नियन्त्रनमा राख्न यसरी खानपानमा ध्यान दिउ

भिष्मा राई,  पोषण तथा आहारविद
नेपालीमा पुरानो भनाई नै छ स्वस्थ नै ठूलो धन हो । तर बढ्दो आधुनिकिकरण, बिलासिन जिवन शैलि र अस्वस्थकर खानपानको कारणले मोटोपन, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मष्तिष्कघात, पक्षघात, ईत्यादि दिर्घकालिन रोगहरु नेपालमा मात्र नभएर बिश्वभर बड्दो छ । यस्ता दिर्घकालिन रोगहरुलाई नियन्त्रणमा राख्न यि ५ बुदालाई सधै ध्यान दिनुहोस् स्
१। स्वस्थकर खानपान
२। नियमित ब्यायाम
३। औषधि उपचार
४। तनावबाट मुक्त
५। नियमित जाच तथा परामर्श

 

मधुमेहिले सधै के कुरा ध्यानमा राख्नु पर्दछ भने तपाईको सुगर लेभल के खानेकुरा ले भन्दा पनि कति मात्रामा खानेकुरा खाएले निर्भर हुने हुनाले के भन्दा पनि कति मात्रामा खानु हुदैछ त्यसमा ध्यान दिन जरुरी छ । तपाईलाई कति खानपान आवश्यक छ त्यो तपाईको उमेर, उचाई, लिङ्ग, तौल, शारीरिक कृयाकलाप, तपाईले प्रयोग गर्ने औषधि मा निर्भर हुने गर्दछ, तसर्थ डाईटिसियनलाई भेटि खानाको उचित परार्मस लिएमा एकदमै लाभदायक हुन्छ ।
सामान्यतया हामि के सल्लाह दिन्छौ भने हरेक खानपानमा रेसादार वा खस्रो प्रकारको बस्तुहरु दैनिक रुपमा समाबेस गर्नुहोस् जसले तपाईको सुगर लेभल नियन्त्रनमा राख्नुको साथै उच्च रक्तचाप, हाई कोलेस्ट्रोल लाई पनि नियन्त्रनमा राख्न मदत गर्दछ । रेसादार वा खस्रो प्रकारको बस्तुहरु भन्नाले सागपात, तरकारी, फलफुल, खोस्टा सँगै भको बस्तुलाई बुझ्दछौ । मधुमेह भएका ब्यक्तिले वा मधुमेहको उच्च जोखिममा रहेका ब्यक्तिले कार्बोहाईड्रेट बढि मात्रामा पाईने बस्तुहरुको प्रयोग कम मात्रामा गर्नु पर्दछ । अन्न जन्य बस्तु, आलु, तरुल, पिडालु, सखरखण्ड, ईत्यादि मा कार्बोहाईड्रेटको मात्रा अन्य बस्तुमा भन्दा अलि बढि मात्रामा पाईने भएकोले यि बस्तुहरुको प्रयोग ठिक्क मात्रामा मात्र गर्नु पर्दछ । तसर्थ हामिले प्रत्येक छाकमा अन्नको तुलनामा तरकारीको प्रयोग बढि मात्रामा गर्नुपर्दछ । मैदा जन्य परिकारले सुगर लेभल चाडो बढाउने भएकोले हामि यस्ता बस्तु प्रयोग कम वा न गर्नुहोस् ।
८ प्रशस्त खान सकिने कुराहरुः
( सादा सलाद जस्तै काक्रो, मुला, गाजर, गोलभेडा, प्याज, आदी ।
( सागसब्जी वा सागसब्जीको सुप
( पातलो महि, कागती पानि)

 

८ अन्य ध्यान दिनुपर्ने कुराहरुः
( खाना पकाउँदा तेलको प्रयोग कम गर्ने अर्थात चिल्लो कम गर्नुहोस् ।
( बोसो भको मासु, भित्री अंगको मासु९यचनबल mभबत० जस्तै कलेजो, मुटु, फोक्सो आदि नखानुहोस् ।
( तेलमा फ्राइ गरेको वा धेरै तेल हालेर बनाको परीकार जस्तै पुरी, पकौडा, डोनट, सेल, समोसा, आलुचिप्स, तारेको पापड, तेलमा डुबाएर बनाइएका अचार, आदि नखानुहोस् ।
( चिनी तथा चिनीजन्य खानेकुराहरु जस्तै चकलेट, ग्लुकोज, जाम, केक, आइसक्रीम, मह, चाकु, सक्खर, गुलियो बिस्कुट, आदि नखानुहोस् ।
( ताजा फलफुल बाहेक टिनमा बन्द फलफुल तथा फलफुलका जूसहरु नखानुहोस् ।
( हल्का पेय पर्दाथहरु जस्तै कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइट, आदी नखानुहोस् ।
( मादक तथा सुर्ती जन्य पर्दाथको प्रयोग नगर्नुहोस् ।
८ मधुमेहबारे केहि भ्रमहरुः
भ्रमः सेतो ९सधै खाने० चामल बाहेक अन्य अन्न जस्तै रोटी, उसिना चामल जति खाएनि हुन्छ हुन्छ ।
सत्यः सबै अन्नमा लगभल उस्तै मात्रामा कार्बोहाईड्रेट पाईने भएकोले जुन अन्न चलाएनि उहि अनुपातमा खानुहोस् अर्थात अन्न भन्दा तरकारी बढि राख्नुहोस् ।
भ्रमः चामललाई धेरै चोटी पखालेर माड फ्यालेसि कार्बोहाईड्रेट नष्ट हुन्छ ।

सत्यः चामललाई धेरै चोटी पखालेर माड फ्यालेसि कार्बोहाईड्रेट नष्ट हुनको साटो पानिमा घुलनसिल भिटामिन नष्ट हुन्छ ।
भ्रमः जमिन मुनिको खान हुन्न ।
सत्यः काक्रो, मुला प्रसस्त खान सकिन्छ, अन्य जमिन मुनिको बस्तुलाई पनि अनुपात मिलाएर खान सकिन्छ जस्तै अन्को सट्टा उहि अनुपातमा आलु खान सकिन्छ ।
भ्रमः चिनिको सट्टा मह खान हुन्छ ।
सत्यः महमा पनि कार्बोहाईड्रेट बढि मात्रामा पाईने हुनाले न खानुहोस् ।
भ्रमः गुलियो फलफुल खान हुन्न जस्तै केरा ।
सत्यः हरेक खानेकुराको आफ्नो आफ्नै विशेष्ता हुने भएकाले ठिक्क अनुपातमा मिलाएर खान सकिन्छ जस्तै एउटा स्याउको सट्टा आधा केरा खान सकिन्छ ।
भ्रमः अण्डाको पहेलो भाग खान हुन्न ।
सत्यः अण्डाको पहेलो भागमा कोलेष्ट्रोल हुने भएकाले धेरै जनाले अण्डानै खान छोडेको पाईनछ तर अण्डाको पहेलो भागमा कोलेष्ट्रोल मात्र नभएर अन्य राम्रो प्रकारका शरीरलाई आवश्यक पर्ने भिटामिन पनि पाईने भएकोले माछा मासु दैनिक नखाने ब्यक्तिले दिनको एउटा अण्डा खान सकिन्छ । एक भन्दा बढि अण्डा खाएमा बाकि अण्डाको पहेलो भाग हटाउन सकिन्छ ।
भ्रमः सुगर फ्रि बिस्कुट, ओट्स, कर्न फ्लेक्स, आदि सुगरको लागि राम्रो ।
सत्यः यि बस्तुहरु पनि अन्नबाटै बनेको हुनाले कार्बोहाईड्रेटको मात्रा बढि हुन्छ त्यसैले यस्ता बस्तुहरु पनि कम या अनुपात मिलाएर ठिक्क मात्रामा सलाद, तरकारीहरु राखेर खान सकिन्छ ।
८ केही सुझाबहरुस्
( आफ्नो जिवन शैलि, खानपानलाई परिवर्तन गर्नुहोस् ।
( दैनिक शारिरीक ब्ययाम गर्नुहोस् ।
( खानामा अन्नको मात्रा सधै उस्तै राख्नुहोस् ।
( एउटै समयमा खाने बानि गर्नुहोस् ।
( खानपान फेरबदल गरेर खानुहोस् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु