adv

प्रधानमन्त्रीले भुँइमा पोखेको कफी आफैं सोहोरे (भिडियोसहित)

कतिपय देश तथा समाजअको वा हाम्म्रै देशको पनि कुरा गर्ने हो भने ठूलाबडा तथा नेताहरुले निकै सामन्ती चरित्र देखाइरहेका हुन्छन । तर नेदरल्याण्डका प्रधानमन्त्रीले हालै एउटा यस्तो काम गरे, कि उनी दुनियाँका सबै राजनीतिज्ञको लागि एउटा उदाहरण बनिदिएको छ ।

प्रधानमन्त्री मार्क रुट हातमा कफीको कप समातेर संसद् बैठक कक्षतर्फ प्रवेश गर्दैथिए । अचानक एउटा भित्री ढोकामा ठोक्किए र कप उनको हातबाट भुइँमा खस्यो, कफी सबै भुइँमा पोखियो । प्रधानमन्त्रीजस्तो मान्छेले चाहे जहाँ कफी पोखोस् त्यो कुनै ठूलो कुरा थिएन । उनले त्यहाको कामदारलाई कफी पोखिएको भुइँ सफा गर्न आदेश दिनसक्थे वा कफी पोखिएको कुरालाई बेवास्ता गर्न सक्थे ।
तर उनले त्यसो गरेनन् । प्रधानमन्त्रीले सबैलाई अचम्ममा पार्दै भुँइ सफा गर्ने मोप मगाए र आफैंले कफी पोखिएको ठाउँ सफा गरे । प्रधानमन्त्रीले यसो गरिरहँदा त्यहाँ उपस्थित सबै सफाई मजदुर हरुले भने ताली बजाइरहेका थिए । उनीहरु हर्षले गदगद देखिन्थे, किनकि प्रधानमन्त्रीले उनीहरुको कामको सम्मान गरिरहेका थिए ।

जुन ४ मा एकजना डच कुटनीतिज्ञले उत्त भिडियो ट्वीटरमा अपलोड गरे । यो भिडियो अहिले विश्वभर चर्चित बनिरहेको छ । कतिपयले डच प्रधानमन्त्रीले यो कार्य एक उत्कृष्ट नेतृत्वको उदाहरण भएको बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु