गौरीगञ्ज– गत बिहिवार २४ गते झापा जिल्ला गौरीगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र मेची पोलिटेक्निकल इन्स्टिच्युट प्रा.लि. को आयोजनामा “सिमा क्षेत्र लक्षित विशेष कार्यक्रम अन्तर्गत निःशुल्क मोटरसाइकल मर्मत तालिम”को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आफ्नो संस्थाद्वारा पहिले पनि यस्तो थुप्रै कार्यक्रमहरु संचालन गरिसकेको साथै टेक्निकल विषयका धेरै विद्याहरुमा थुप्रै जनशक्ति उत्पादन गरिसकेका मेची पोलिटेक्निकलका व्यवस्थापक बासु मुखिया सुनुवारले बताउनु भयो ।
एक महिनासम्म चल्ने उक्त कार्यक्रमको प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मखना महतो (गैदार)ले २० जना स्थानिय युवाहरुले पाएको उक्त अवसरलाई राम्रो सँग सदुपयोग गरे युवाहरु आत्मनिर्भर बन्न सक्ने कुरामा जोड दिदै कार्यक्रमको सफलताको शुभकामना सहित आगामी दिनहरुमा पनि यस्तो खालका कार्यक्रमहरु गाउँपालिकाले ल्याउने वचन बद्धता प्रकट गर्नुभयो । गाउँपालिकाका कार्यकारी अधिकृत राज कुमार शाक्य ज्यूले उपस्थित प्रशिक्षार्थीहरुलाई तालिमको पूर्ण सफलताको शुभकामना सहित स्वागत मन्तव्य राख्नु भएको थियो ।