काठमाडौं । नेपालका वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको बारेमा विभिन्न सामाजिक सञ्जालहरुद्वारा फैलिएको खवरमा कुनै सत्यता नरहेको उनकी श्रीमती मधुले बताउनु भयो । ‘उहाँ हामीसँगै हुनुहुन्छ । राति जे जस्तो हल्ला फैलियो त्यो सत्य होइन ।’ भनेर डा.देवकोटाको श्रिमतीले भन्नु भयो
बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारत डा. देवकोटालाई भेन्टिलेटरबाट बाहिर आईसीयुमा राखि सघन उपचार भईरहेको र सामाजिक सञ्जालहरुमा फैलिएको समाचार निराधार रहेको भनी अस्पतालद्वारा एक विज्ञप्ति जारी गरेको छ ।