adv
adv

सन्दीप लामिछाने क्रिकेटरमा मात्र सीमित रहेनन् , गायक पनि बने

सन्दीप लामिछाने अब क्रिकेटरमा मात्र सीमित रहेनन् । उनी गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् ।

उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत सार्वजनिक गरेका हुन् । विनोद तिमिल्सिनाले गीतको शब्द लेखेका छन भने कम्पोजिसन लामिछाने आफ्नै रहेको छ ।

क्रिकेटर सन्दीपले क्रिकेट पछीको आफ्नो दोस्रो शौख संगीत रहेको बताउदै आएका छन। उनले आफ्नो फेसबुकमा लेखेका छन्,- ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ ।मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

सन्दीपले गाएको गीत निकै रोमान्टिक र मेलोडियस छ । उनको स्वर प्रोफेसनल गायकको भन्दा कम सुनिँदैन । उनका धेरै फ्यानहरुले यस्तै राम्रा-राम्रा प्रतिकृया दिएका छन।

हेर्नुस् भिडियो:

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु