adv

मेसीको लागि प्यालेस्टाइन बालबालिकाले लेखेको त्यो भावुक चिठी

न् १९८६ मा पनि अर्जेन्टिना र इजरायलबीच मैत्रीपूर्ण खेल भएको थियो । र, अर्जेन्टिना विश्वकप विजेता भएको थियो । त्यसैले अर्जेन्टिनीले रमत गन भन्ने ठाउँमा खेलिएको त्यो खेललाई ‘लक्की गेम’ पनि भन्दछन् ।
रुसको आयोजनामा विश्वकप १४ जुनबाट शुरु हुँदैछ । विश्वकपमा प्रतिस्पर्धा गर्नुअघि अर्जेन्टिनाको टिम इजरायलविरुद्ध उत्रिने खबर सार्वजनिक भएलगत्तै प्यालेस्टाइनीका लागि पुरानो घाउ बल्झिएको छ ।

-‘मेसीले हाम्रो मन दुखाउने छैनन्’
प्यालेस्टाइनी बालबालिकाहरुले पत्रमा लेखेका छन्, ‘हाम्रो खुसी आँसुमा बदलिएको छ । हाम्रो मन टुटेको छ । हाम्रो हिरो मेसी त्यो स्टेडियममा खेल्न जाँदैछ जुन हाम्रो पूर्खाहरुको चिहानमा बनाइएको छ । यो कति ठीक होला रु’
उनीहरुले अर्जेन्टिना र इजरायल आमनेसामने हुने जुन ९ तारिख आफूहरुका लागि ‘दुःखद दिन’ हुने उल्लेख गरेका छन् । पत्रको अन्तिममा बालबालिकाहरुले लेखेका छन्, ‘हामी भगवानसँग प्रार्थना गर्दछौं कि मेसीले हाम्रो दिल तोड्ने छैनन् ।’
मेसीले अझैसम्म यो पत्रको बारेमा कुनै पनि प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हृयुगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको अभ्यास खेल रद्द गरिएको जानकारी दिएको बीबीसीले लेखेको छ ।


-मेसीको टिशर्ट जलाउन अपिल
गत सोमबार प्यालेस्टाइन फुटबल एशोसियसनका अध्यक्ष जिबरिल रजोबले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई चिठी लेखेर मैत्रीपूर्ण खेलको विरोध जनाएका थिए । उनले लेखेका छन्, ‘यस खेललाई राजनीतिक रंग दिइँदै छ । इजरायल सरकार जेरुसेलममा यो खेल आयोजना गरेर राजनीतिक सन्देश दिन चाहान्छ ।’
उनले अरब र मुस्लिम देशका करोडौं प्रशंसकहरुलाई मेसीको नाम लेखिएको टिशर्ट जलाउनसमेत अपिल गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु