नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काइ छाड्ने बताएका छन् ।
शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै उनले त्यस्तो बताएको हो । अहिले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेको समेत देउवाले बताए ।
आफूले अघि सारेको कार्यक्रम खाइदिएको भन्दै उनले सरकारको आलोचना गरे । ‘मैले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ’ पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले भने-‘सरकारले मैले भनेको सबै कुरामा बजेट पनि घटाएको छ ।
’आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अहिले ३ महिनामा ३ पटक मूल्य
बढाउदा समेत मुखदर्शक बनेको उनले आरोप लगाए । कार्यक्रममा हल्ला भएपछि एकछिन मेरो कुरा सुन्नुहोस् भन्दै उनले फेरि भने-‘मेरो मात्रै विरोध गर्ने, ओ
लीको गरेको कामको विरोध नगर्ने ?’
कार्यक्रममा कार्यकर्ताहरुले भने जिल्लामै कांग्रेस गुटमा विभाजित हुँदा चुनाव हार्नु परेको भन्दै आक्रोस पोखेका थिए । का
र्यकर्ताको गुनासो सुनेपछि देउवाले भने- ‘सबै मिलेपछि कांग्रेसलाई फेरि पुरानै ठाँउमा ल्याई छाड्नेछु ।’