इपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको पहिलो दिन ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
काठमाडौंका १६ परीक्षा केन्द्रमा परीक्षा भएको थियो । ७ वटा केन्द्रबाट अर्काको परीक्षा दिन राहदानी, प्रपेशपत्र लिई परीक्षा दिइरहेको अवस्थामा ४७ जना पक्राउ परेका हुन् । सबैभन्दा धेरै जेभियर स्न्टरनेशनल स्कुल केन्द्रबाट १३ जना र भीएस निकेतन कजेल तिनकुनेबाट ११ जना पक्राउ परेका छन् । टाइम्स इन्टरनेनल कलेजबाट ८ तथा नोबल कलेज र युनिभर्सल कलेजबाट ५-५ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ जना महिला छन् ।