adv
adv

सलमान खानले गरे ‘रेस ३’ हेर्न नेपालीहरुलाई आग्रह

बलिउड सुपरस्टार सलमान खानले आफ्नो नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकमाझ आग्रह गरेका छन् ।  ईदमाको अवसरमा पारेर रिलिज हुन लागेको यो फिल्म हेर्न उनले एक भिडियोमार्फत् नेपालीसँग आग्रह गरेका हुन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शनका निम्ती गोपीकृष्ण मुभिजले खरिद गरेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको शुभकामना पनि दिएका छन् । सलमानको  भारतमा मात्र होईन नेपालमा पनि लोभलाग्दो फ्यानफलोइंग रहेका छन ।

उनका हरेक फिल्मले नेपालबाट करोडौंको कलेक्सन गर्दै आईरहेको छ । मल्टिप्लेक्स र सिंगल स्कृन दुवैमा उनका फिल्मले राम्रो कलेक्सन गदै आईरहेको छ । १५ जूनबाट ‘रेस ३’ संसारभर एकै साथ प्रदर्शनमा आउँदैछ ।

रेमो डिसूजाले यो फिल्म निर्देशन् गरेका छन । फिल्ममा  सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको प्रमुख भूमिका रहेको छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।

यसपटक पनि कुनै पनि नेपाली फिल्म ‘रेस ३’सँग जुध्न प्रदर्शनमा नआउने भएका छन् । बलिउडका तीन खान (सलमान, शाहरुख र आमिर) का फिल्म रिलिज हुँदा नेपाली निर्माताहरु असुरक्षित महशुस गर्दै कुना पस्ने गरेको वर्षौदेखि देखिदै आएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु