adv

आजबाट विश्वकप फुटबल नेपाली समयअनुसार बेलुका ८:४५ मा सुरु, रुस र साउदी अरबको उदघाटन खेल कस्तो रहला ?

लुझनिकी स्टेडियम

 

३१ जेठ, दमक ।  आजबाट फुटबलको महाकुम्भ विश्वकप रुसमा सुरु हुँदैछ । मस्कोको राजधानी लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुने भएको छ । ८० हजार माथि दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।
इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र बन्नेछ न् । यसको सा थै जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाको पनि प्रस्तुती रहनेछ ।

 

स्टेडियमको सुरक्षाका लागि भनेर ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै पनि विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ ।
उदघाटन समारोहमा ब्राजिलियन फुटबलर पेले स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएका छन् तर रोनाल्डोलाई भने देख्न पाईने भएको छ ।
विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका ८:४५ मा सुरु हुनेछ ।
विश्वकपको प्रतिस्पर्धामा ३२ टिम सहभागी हुनेछन् । यी टिमलाई आठ समूहमा बिभाजन गरिएको छ । एउटा समूहमा चार–चार राष्ट्र रहेका छन् । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् ।
रुस विश्वकपबाट आइसल्याण्ड र पनामाले डेब्यू गर्दैछन् ।
पहिलोपटक भिडियो रेफरल प्रणाली रुस विश्वकपबाट प्रयोगमा ल्याइँने भएको छ ।

 

कस्तो होला त अब रुस र साउदी अरबको प्रदर्शन ?

विश्वकपको हालसम्मको इतिहासलाई हेर्ने हो भने अहिले सम्मा कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो ।

रुरुस १९६६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यसपछि रुसको प्रदर्शन लगातार खस्किँदै गयो । सन् २००६, २०१० मा रुस विश्वकपमा छनौट नै हुन सकेन ।यो सन् २०१४ मा ग्रुप स्टेजबाट बाहिरिएको थियो । रुसले सन् २००२ मा विश्वकपमा एउटा पनि खेल जितेको थिएन ।

साउदी अरबले सन् २०१० र २०१४ मा विश्वकपमा स्थान बनाएको थियो । साउदी अरबको राम्रो प्रदर्शन १९९४ मा भएको थियो । त्यतिबेला साउदी अरब प्रिक्वाटर फाइनलसम्म पुगेको थियो । तर सन् १९९८ देखि साउदी अरबले विश्वकपमा एउटा पनि म्याच जित्न सकेको छैन ।
अब फुटबलको महाकुम्भ विश्वकप क् होला त ? त्यसको भने केही प्रतिक्षा गर्नु पर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु