adv

‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक {भिडियो}

अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको सार्वजनिक भएको छ ।
चलचित्र दुई रुपैया को ‘कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेपछि चर्चित बनेकी नायिका स्वस्तिमा खड्काले यस चलचित्रको गीतमा पनि गज्जबको नृत्य गरेकी छिन् ।

राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर, रहेको यस गीतमा मेलिना राईले पनि आवाज भरेकी छिन् । यो गीतको भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, वुद्दि तामाङ, राजाराम पौडेल लगायतका कलाकारहरु को अभिनय देख्न सकिनेछ ।


बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको यो गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् । राजनराजले फेरि पनि एकपटक राम्रो गीत बजारमा ल्याउन सफल भएका छन् । भिडियोको कोरियोग्राफी औषत रहेको छ ।

गीतको भिडियोलाई पूर्वको रमणिय ठाउँ अर्जुनधारामा खिचिएको छ । यस भिडियोको आकर्षक पक्ष भनेको चलचित्र का सबै कलाकारलाई फिचरिङ गरिएको छ ।
कमेडी जनरामा निर्माण गरिएको यो चलचित्र दशैंको फूलपातिबाट रिलिज हुनेछ ।

भिडियो हेर्नुहोस् :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु