कात्तिक १४, ईलाम । इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको संगम स्थल चिसापानी पञ्चमी बजारमा यहि कार्तिक १६ गते शुक्रवार बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा माङसेबुङ ६ र मिक्लाजुङ ५ मा रहेको पञ्चमी बजारमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।
पुरानो इतिहास बोकेको मिर्मिरे साँस्कृतिक परिवारको आयोजनामा कार्यक्रम हुन गइरहेको समितिले जानकारी दिए ।
कार्यक्रममा विभिन्न ख्याति प्राप्त राष्ट्रिय कलाकार साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । जहाँ सिद्धान्त एण्ड द ब्याण्ड, द वाङ्गाडज ब्याण्ड, द थिङ्कर गाइज, कल्पना बानु, शंकर योङहाङ लगायत अन्य प्रस्तुतिहरु रहने छन् ।