adv

चलचित्र सेमीफुङको प्रिमियर भोलि दमकमा

दमक याक्थुङ फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र सेमिफुङको प्रिमियर शुक्रबार दमकमा गरिने भएको निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे हिजो पत्रकार भेटघाट गरेर जानकारी गराएको हो

पत्रकार भेटघाटमा चलचित्रका नायक एवम् निर्माता बबिन आङ्देम्बे, चचित्रकर्मी राज थापा, किरात याक्थुङ चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, संस्कृतिकर्मी विक्रम वनेम लगायतको उपस्थित रहेको थियो

रणवीर लिम्बू (रवि शेर्मा) को निर्देशन रहेको चलचित्रमा कलाकार राज थापा काउचा मगरको कथा, पटकथा र सम्वाद रहेको । सेसेमे से नाल्बो, साङ्सेन पन्धाक आइत खजुमले चलचित्रमा गीत लेखेका छन् भने डिल्ली फोम्बोको संगीतमा देवेन चेम्जोङ, इन्दिरा नेम्बाङ, निरन्ता नेम्बाङ लगायतको स्वर रहेको शुक्रबार प्रिमियर गरिने चलचित्रको शनिबार भने खुला प्रदर्शन गरिने निर्माता आङ्देम्बेले जानकारी दिएका छन् उनका अनुसार प्रिमियर शोका लागि याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च,  याक्थुङ युवा मञ्च, याक्थुङ मुन्चईत् चोक् सयङ लगायत संघ संस्था आयोजक छन्

चलचित्रको प्रिमियर शुक्रबार बिहान १०:३० बजे दमकस्थित डि म्याक्स हलमा हुने निर्माण पक्षले जनाएको शनिबार भने चलचित्रको खुला शो रहने चलिचित्रका गीतकार पन्धाकले बताए

चलिचित्रमा सिडी बेघा, निर्मला देवान, संगीता लावती, त्रिभुवन लुङ्फङवा, नुनाम केरुङ, नरेन्द्र लिम्बू, याङसाङ मुकारुङ, बबिन आङ्देम्बे लगायतले अभियन गरेका छन्

इलामको माङसेबुङ चुलाचुलीका विभिन्न स्थानमा, त्यसैगरी झापाको दमक, कमल, बुद्धशान्ति, शिवसताक्षी लगायत स्थानमा छायांकन गरिएको चलचित्रमा धर्म, संस्कार, संस्कृति सिद्धान्तका कारण विभक्त शिक्षित वर्गका याक्थुङहरुमा आई परेको वैचारिक संकटको कथा बोलिएको निर्माण पक्षको दावी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु