adv

प्रदेश नं.१ का जिल्ला सभापतीहरुको बैठक सम्पन्न

विराटनगर÷ देशभरि कांग्रेस कमजोर महशुस भैरहेको बेला प्रदेश न १ का जिल्ला सभापतिहरुले साझा धारणा बनाउन बिराटनगरमा गोलमेच बैठक गरे । बैठक महत्वपूर्ण र ऐतिहासि भएको छ । जिल्ला विचको फरक धारणाले कांग्रेसलाई गतिसिल बनाउन नसकिने भन्दै गोलमेच बैठक आयोजना गरेको मोरङ कांग्रेसका सभापति डीगबहादुर लिम्वुले बताए ।क्षेत्रीय समितिलाई तत्कालै खारिज गरि कांग्रेसको गाउँ , नगर र प्रदेशलाई अधिकार समपन्न गराउनु पर्ने निर्णय गर्दै प्रदेश न। १ को जिल्ला सभापतिहरुको भेला टुंगिएको छ । यही असार ५ गतेदेखी हेटौडामा सुरु हुन लागेको भेलाको पूर्व तयारीका सन्र्दभमा सुझाव दिन आईतवार आयोजित भेलाले यस्तो निर्णय गरेको हो । मूलुक संघीयतामा प्रबेश भईसकेको अवस्थामा पनि कांग्रेसको विधि र विद्यान पुरानै शैली रहेको निशकर्ष बैठकले निकालेको छ । परम्परागत शैलीमा चल्दै आएको विधानलाई तत्कालै संशोधन गरि गाउँतह देखी प्रदेश सम्मलाई अधिकार सम्पन्न गराउनु पर्ने लगायतका सुझाव प्रस्ताव गरिएको छ ।
कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले संगठनलाई चलायामान बनाउन सभापतिहरुले राम्रा सुझाव प्रस्ताव गरेको बताए । प्रदेश न १ का सुझावलाई सामुहिकरुपमा प्रस्ताव गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए । बैठकमा प्रदेश न १ का १३ जिल्ला सभापतिहरु सहभागि थिए ।
पार्टीको क्रियासिल सदस्यता वितरण गर्दा बर्गीकरणको आधारमा उपलब्ध गराईनु पर्ने , खुलेआम असहयोग गर्नेलाई कार्वाही गर्नुपर्ने , क्षेत्रीय समिति खारेज गरि स्थानीय तहलाई अधिकार समपन्न गराउनु पर्ने , मनोनितको व्यवस्था खारेज गर्नुपर्ने लगायतका प्रस्ताव पनि भेलाले पारित गरेको छ ।सभापति देउवाको तिव्र आलोचना भएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु